के नाना पाटेकरसँग फिल्म खेल्दैछन् प्रदीप ?
‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी डबिङको सिलसिलामा करिब २ बर्ष मुम्बई बिताएका उनको भारतीय सेलिब्रेटीसँग पनि उठबस हुन थालेको छ । जसको पुष्टि उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरबाट पनि अनुमान लगाउन सकिन्छ ।
केही अगाडि अभिनेत्री सोनाक्षी सिन्हासँग देखिएका थिए । एक फिल्मको प्रिमिएरमा सोनाक्षी र प्रदीपले गफ गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
यसैबीच, अभिनेता खड्का बलिउडका चर्चित कलाकार नाना पाटेकरसँग देखिएका छन् । निर्माता सन्तोष सेनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको एक तस्वीरमा प्रदीप र सन्तोष नाना पाटेकरसँग देख्न सकिन्छ । सन्तोषले कलाले कुनै देश र भाषा नभन्ने भन्दै तस्बिर सार्वजनिक गरेका हुन् ।
पाटेकरसँग प्रदीप र सेनको कहाँ र कहिले भट भयो भन्ने खुलाइएको छैन । पछिल्लो समय नेपाली मिडियामा प्रदीपले बलिउड फिल्ममा काम गर्न लागेको चर्चा छ । कतिले पाटेकरसँग प्रदीप फिल्म खेल्न लागेको अनुमान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण