सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
आइतबार, ०३ साउन २०८३, ०७ : २०
सारांश
- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सुझाव दिएका छन् ।
- उनले संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि नमरुने र ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुने बताए ।
- उनले सरकारले देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै ध्यान दिँदा राम्रो हुने र देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सरकारलाई सुझाव दिएका छन् ।
संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।
उनी थप लेख्छन्– 'जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला ।'
देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण