आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

आइतबार, ०३ साउन २०८३, ०७ : ४१
आइतबार, ०३ साउन २०८३

सारांश

  • नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुई बस एकआपसमा ठोक्किएपछि सडक पुनः अवरुद्ध भएको छ।
  • सुरक्षाका कारण हिजो रातिदेखि बन्द रहेको सडक आज बिहानै सुचारु गरिए पनि केही समयमै दुर्घटना भएको हो।
  • सडक डिभिजन भरतपुरले सडक खुलाउने प्रयास गरिरहेको छ र यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठक्कर खाँदा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो।

सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

दुवै बसमा सवार यात्रुहरू मध्ये २५–२६ जना घाइते भएकोमा उपचारको लागि भरतपुरतर्फ पठाइएको छ । 

अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

सडक डिभिजन भरतपुरले सडकमा सवारीको चाप बढ्न सक्ने भन्दै चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप