बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गणना भएको मतमा जनमत पार्टीले भेट्यो ‘थ्रेस होल्ड’, राष्ट्रिय पार्टी बन्ने सम्भावना

सोमबार, १२ मङ्सिर २०७९, २० : ३९
सोमबार, १२ मङ्सिर २०७९

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले हालसम्मको गणनामा समानुपातिक तर्फ ३ प्रतिशत अर्थात् थ्रेस होल्ड भेटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फको  ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा राउतको पार्टीले ३ दशमलव  शून्य शून्य ३३ प्रतिशत अर्थात् २ लाख ८४ हजार ८२८ मत ल्याएको हो । उसले अन्तिम मत परिणाम घोषणा हुँदा पनि यो प्रतिशत कायमै राखे राष्ट्रिय पार्टी बन्नेछ ।

 सो पार्टीका अध्यक्ष सिके राउतले सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका छन् । प्रत्यक्षमा १ र ३ प्रतिशत जनमत पाए राष्ट्रिय पार्टीको मान्यता पाउने कानुनी प्रावधान छ ।  

अहिलेसम्मको समानुपातिक मत अनुसार नेकपा एमालेले २५ लाख ६० हजार ९३९, काँग्रेसले २४ लाख २८ हजार ८८४, माओवादी केन्द्रले १० लाख ८६ हजार २२२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६७ हजार ५६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४८ हजार १५३ र जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार २७२ मत ल्याउँदै राष्ट्रिय पार्टीको सूचीमा रहने निश्चित गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप