‘लालीबजार’ को आम्दानी ९ करोड, ‘रोल नं १’ को कति ?
सोमबार, १५ असार २०८३, १५ : २५
सारांश
- फिल्म ‘लालीबजार’ले बक्स अफिसमा ९ करोड ३१ लाखभन्दा बढी ग्रस आम्दानी गरेको छ ।
- ‘लालीबजार’को ३ लाख १६ हजारभन्दा बढी टिकट बिक्री भएको छ ।
- ‘रोल नं १’ले एक करोड ६८ लाखभन्दा बढी ग्रस कमाएको छ र यसलाई ६५ हजारभन्दा बढीले हेरेका छन् ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ ले बक्स अफिसमा ९ करोड बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी ९ करोड ३१ लाख ७७ हजार ६९० ग्रस रहेको छ ।
यो अवधिमा फिल्मको टिकट ३ लाख १६ हजार ९ ३९ बिक्री भएको छ । यम थापा निर्देशित फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।
त्यस्तै ‘रोल नं १’ ले एक करोड ६८ लाख ९५ हजार ९३८ ग्रस कमाउन सफल भएको छ । यसलाई ६५ हजार ३०५ जनाले हेरेका छन् ।
शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असर समेत देखाएको फिल्म विनोद पौडेलले निर्माण गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण