अल्पसंख्यक सूचीमा राख्न नेटुवाको माग
कपिलवस्तुका नेटुवा जातिले आफूहरुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गरेका छन् । शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा बसोबास गर्दै आएका नेटुवा जातिले तीन दशकदेखि यस्तो माग राख्दै आएका हुन् । अहिलेसम्म बनेका सबै सरकारसँग माग राख्दै आएको तर सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् ।
दुई सय भन्दा बढी नटुवा जाति
प्रगतिनगर सुकुम्बासी बस्तीमा १४ घरमा करिब दुई सय भन्दा बढी नटुवा जातिको बसोबास छ । सुकुम्बासी बस्तीमा बस्दै आएका उनीहरुको नागरिकताको प्रमाणपत्रबाहेक अहिलेसम्म केही पनि छैन ।
गुनासो
रात दिन गाँस, बाँस, कपासको चिन्ता छ । आफूहरुभन्दा माथिल्लो जातको रुपमा रहेको पथ्थरकट्टालाई सूचीकृतमा राखेर राज्यले सुविधा दिए पनि आफूहरु अभैm अल्पसंख्यक जातिको सूचीमा पर्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।
कष्टकर दैनिकी
शिक्षा, स्वास्थ्य, रोजगारबाट समेत वञ्चित भएका उनीहरुको दैनिकी कष्टकर छ । दिनभरि भिक्षा मागेर खाने दैनिकी बनेको छ । उनीहरु सर्प नचाएर पाएको पैसा तथा अन्नले गुजारा चलाउँदै आएका छन् । थर नटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको महेन्द्र नटुवाले बताए । वर्षौंदेखि यही माग राखेर आफूहरुले नेतालाई भोट दिएर जिताउँदै आए पनि मुखसम्म देखाउन नआएको अर्का स्थानीय मनोज नेटुवाले दुखेसो पोखे ।
माग सुनुवाई भएन
उनीहरुले प्रजिअमार्फत धेरै पटक ज्ञापनपत्रसमेत सरकारलाई बुझाइसकेका छन् । तर माग पूरा हुन् सकेको छैन । अहिले बन्न लागेको बामपन्थी सरकारले हाम्रो माग पूरा गर्छ कि भन्ने आश छ महेन्द्रले भन्नुभयो ।
विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा तीन सयको हाराहारीमा नटुवा जातिको बसोबास रहेको छ । शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, वसन्तपुर र मायादेवी गाउँपालिकाको अभिरावलगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन् । अल्पसंख्यक जातिमा सूचीकृत जातिका प्रत्येक व्यक्तिले मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण