भूपू गोर्खाको मागबारे लन्डन दूतावासमा दोस्रो चरणको वार्ता सम्पन्न

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा प्राविधिक स्तरको दोस्रो वार्ता सम्पन्न भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको विभिन्न पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
यसअघि गत ३ नोभेम्बरमा बेलायती रक्षा मन्त्रालयमा रक्षाराज्यमन्त्री डा. एन्ड्रिउ मरिसन तथा संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङसमेतको सहभागितामा पहिलो वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु