लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने तीन जना पक्राउ
लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिएको छ ।
प्रहरीले उनीहरुको साथबाट शिवको मूर्ति एक थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्ट १० थान, फुटाएको घण्ट ६ थान, पानस दुई थान, सात वटा बत्ती भएको पानस दुई थान, चरेसका थाली दुई थान, ढलोटका लोटा एक थान, चरेसका कचौरा दुई थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण