सोह्र वर्षदेखि झुपडीको वास
खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो ।
उनी त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन् । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उनले भने, “त्यही गोठलाई जग उठाएर बस्ने छाप्रो घर बनाएको हुँ ।” उनले त्यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन् ।
जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए। “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उनले भने, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”
उनका दुई छोरा छन् तर, दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ । त्यो छाप्रोलाई पनि उनले दुई तले बनाएका छन् । तल खाना पकाउने र माथि सुत्ने बनाइएको छ । उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उनी अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताइरहेका छन्।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताए । उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए । “वास पनि आधारभूत कुरा हो”, उनले भने, “हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
-
भाषा र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
-
कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन : सांसद राणा
-
अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग
-
सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोज्यो : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण