पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो
पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।
मंगलबार मिसन अस्पतालका डा. सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए । बुधबार पुनः लुम्बिनी प्रादेशिक अस्पतालका डा. विवेश खनाल, मेडिटेल अस्पतालबाट स्वास्थ्यकर्मीहरू विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।
बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुनः समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डा. खनालका अनुसार दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको छ । तीन दिन अघिदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घरघरमा पुगेर सेवा दिइरहेका छन् । स्लाइन पानी चढाउने, औषधि, जीवनजल वितरण, स्वास्थ्य, सरसफाइसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्यचौकीका प्रमुख नोदप्रसाद बस्यालले बताए । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको उनले बताए ।
बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमुना संकलन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण