तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
बिहीबार, २२ मङ्सिर २०७९, १३ : ०३
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।
आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?