काठमाडौँ ओपनमा रविलाई उछिन्दै भुवन शीर्षस्थानमा
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। १-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्। दुई दिनका लिडर रवि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ। भुवनले रवि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी छदा नौ स्ट्रोकले पछि पारेका छन्।
शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। रविले ९-ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए। ३-ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौँ स्थानमा छन्। रमेश अधिकारी र सूर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौँ स्थान बाडे।
३६ होलको समाप्तिमा भुवन मात्र एक स्ट्रोकले पछि थिए। तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउँदा उनले नौ स्ट्रोकले अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।
भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौँ र नवौँ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन् ११ औ र १६ औ होलमा एक-एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए।
शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरुवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए।
एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५-ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रोज्ज्वल गुरुङ दोस्रो स्थानमा छन्।
कुल ६ लाख ७० हजार पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपविजेता प्रो खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण