लघुकथा : संधियार
मेरा संधियार पल्लाघरे कान्छो जग्गा जमिन आफन्तलाई बुझाएर पुर्खाको थाकथलो छाडेर परदेशी भइसके ।
उनी गाउँमा आउँदा निकै महत्त्व दिएर मान सम्मान गरिन्छ । कान्छाको सम्मान हेर्दा लाग्छ, म पनि चाँडै पुर्खाको अलिकति भएको सम्पत्ति सस्तैमा बेच–विखन गरेर बाँकी रहेको आफन्तलाई छाडेर परदेश तिर जाऊँ कि ।
मनमा हुटहुटी भइरहेको छ । आफूसँगै जन्मेको साथी गाउँ आउँदा सम्मान पाएको देख्दा औडाहा नहोस् पनि कसरी ? उसको सम्मानले गाउँका सबै साथीहरू भन्ने गर्छन्, पल्लाघरको कान्छोले गाउँ छाडेर बसाइँ सरी गएपछि निकै प्रगति गरेछ ।
सायद यो प्रगति उसले गाउँमै बसेको भए गथ्र्याे कि गर्दैनथ्यो ? त्यो त भन्न सकिन्न । तर उसको प्रगति देखेर डाहा गर्नेहरू पनि धेरै छन् ।
यता सँगै बसेको खेलेको साथी साने गाउँमा भएको जग्गापात बचेर परदेशी भएको वर्षौँ भइसकेको छ । तर उसको कुनै अत्तो–पत्तो छैन । उसले जीवन कसरी बिताइरहेको होला । सायद ! उसको पनि जीवन पल्ला घरे कान्छाको जस्तै होला ।
तर, कुरो त्यस्तो रहेनछ । ऊ गाउँमा हुँदा समाजमा नमिलेको कारणले गर्दा उसले आफ्नो जग्गा जमिन बेच्नु परेको थियो । ऊ गाउँ छाडेर जुन ठाउँमा गएको थियो । त्यस ठाउँमा पनि उसले आफूलाई सामाजिक बनाउन नसक्दा उसले धरै हण्डर खाएको रहेछ ।
उसले आफ्नो संधियारलाई संधियार जस्तो ठानेनछ । अनि छिमेकीलाई छिमेकी जस्तो नठान्दा उसको घरमा ठुलो विपत्ति आइपरेको वेला सहयोग गर्ने साथी कोही नभएपछि उसका श्रीमतीले प्राण त्याग गरिछिन् ।
ऊ आज पश्चतापमा जल्दै भन्दै थियो, ‘दुष्ट नै भएपनि छिमेकी भनेको, छिमकी नै हुन् ।’ अनि पुर्खाको नासो बिक्री गरेकोमा पनि उसलाई ठुलो पञ्चाताप लागेको रहेछ । अनि भन्दै थियो, संधियारहरुले फेरि मलाई नै बेचुन् है ती जग्गा जमिन...।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण