समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने
निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् ।
कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।
प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।
२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।
एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।
जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण