कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो
चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो ।
एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उनले भने । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए।
स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले बताए । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, “दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।” महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गुका बिरामी फेला परेका थिए । (
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण