बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेशन एन्ड मोडल अवार्ड हुने

सोमबार, २६ मङ्सिर २०७९, ११ : २१
सोमबार, २६ मङ्सिर २०७९

नेपाली फेसन र मोडलिङ क्षेत्रको प्रवर्द्धनको उद्देश्यले ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ ।  टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोडस्थित हायात प्यालेस होटलमा हुनेछ । 

अवार्ड आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताएका छन् । यसपटक मोडलिङतर्फ ४० विधामा र फेशनतर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । 

यसपटक बालबालिका, किशोर, किशोरी, युवायुवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नवमोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ । 

यस्तै फेशनतर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाइनर, सेलिब्रेटी फेशन डिजाइनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ । 

विगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप