बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पताल तौलिहवामा “एसएनसियु” सेवा

मङ्गलबार, १८ पुस २०७४, ०७ : ५४
मङ्गलबार, १८ पुस २०७४

कपिलवस्तु - सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पताल तौलिहवामा ‘विशेष नवजात शिशु सघन कक्ष’ (एसएनसियु) सेवा सुरु गर्ने तयारी थालिएको छ । नवजात शिशुको मृत्युदर उच्च रहेको कपिलवस्तुमा विशेष गरी महिना नपुगी जन्मेका तथा सघन उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका नवजात शिशुलाई लक्षित गरेर उक्त सेवा सुरु गर्न थालिएको अस्पतालले जनाएको छ ।  

अहिले भवनमा रङ लगाउने, साधन स्रोत जुटाउने लगाएतका आवश्यक काम तीव्र रुपमा भईहेको अस्पताल विकास समितिका अध्यक्ष विजय जैसवालले रोतोपाटीलाई बताए । 

एक महिनाभित्र सेवा सुरु
शिशु सघन उपचार कक्षको क्षमता विस्तारका लागि मन्त्रालयमा समेत पहल भइरहेको उनले बताए । अबको एक महिनाभित्र सेवा सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ । ०२८ सालमा स्थापना भएको यहाँको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापना हुने भएसँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घट्ने विश्वास लिइएको छ ।

३० प्रतिशत शिशुमा समस्या
नवजात शिशुमध्ये ५ देखि १० प्रतिशतलाई शिशु सघन उपचार कक्ष आवश्यक पर्छ । गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरणका लागि आवश्यक ऊर्जा र अक्सिजन पर्याप्त चाहिने गर्दछ । उक्त रुपान्तरणको घडीमा करिब ३० प्रतिशत शिशुमा स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ ।

सएनसियुमा राखेर उपचार
एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि एसएनसियु अत्यावश्यक जस्तै हुने चिकित्सकको भनाइ छ । सिकिस्त भएका, बढी ज्वरो आएका, दूध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियु एसएनसियुमा नै राखेर उपचार गरिन्छ ।

साथै १२ करोडको लागतमा निर्माणधीन ५० शैयाको सुविधा सम्पन्न भवन आगामी असार भित्रै निर्माण सम्पन्न हुने अस्पताल प्रशासनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप