बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भित्रिने भरतीय ट्रकमा जुहारीः समिति लिन्छ पैसा, प्रशासन भन्छ पाईंदैन, व्यवसायीको यस्तो छ प्रश्न

मङ्गलबार, १८ पुस २०७४, ०८ : १६
मङ्गलबार, १८ पुस २०७४

कपिलवस्तुमा यति बेला बाणगंगा यातायात व्यवसायी समिति, प्रशासन र भारतीय ट्रक व्यवसायीबीच जुहारी चलेकोे छ । भारतीय गाडीले नेपालमा ढुवानी गर्न पाउने भनि नीति भए पनि सवारी दुर्घटना भएको खण्डमा के गर्ने भन्ने स्पष्ट नीति नहुँदा यस्तो समस्या आएको हो ।

कृष्णनगर नाका हुँदै नेपाल आउने भारतीय गाडीले बाणगंगा यातायात समितिको सहयोग शुल्क काट्ने र दुर्घटना भए खर्च समितिले व्होर्ने भनि समिति र भारतीय ट्रक व्यवसायीबीच २०६८ सालमा सम्झौता भएको थियो । नियमले शुल्क लिन नपाउने भए पनि व्यवसायीको अनुरोधमा व्यवहारीक रुपमा यस्तो निर्णय गरीएको समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने बताए ।  

सोही सहमति बमोजिम समितिले भारतिय ट्रकहरुसंग ढुवानी सामाग्रीको आधारमा शुल्क उठाउँदै आएको थियो । समितिले भारतीय ट्रकहरुसंग अबैध रकम असुलेको उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुल्क उठाएको बिषयमा एक हप्ताअघि समितिसँग स्पष्टीकरण मागेसँगै यो कुरा बाहिर आएको हो ।

शुल्क उठाउन पाईदैन
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले रातोपाटीसँग भने, “ नियम बिपरित शुल्क उठाउन पाईदैन,कसैले उठाए कडा कार्बाही हुन्छ, दुर्घटनाको समितिले जिम्मा लिन आवश्यक छैन।” 

व्यवहारीक रुपमा काम
व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले कतिपय कुराहरु नीतिमा नभए पनि व्यवहारीक रुपमा काम गर्नुपर्ने बताए । उनले भने, “यदि प्रशासनले शुल्क लिन पाईदैन भन्छ भने भारतीय मालबाहाक ट्रक दुर्घटना हुँदा क्षतिपुर्ति दिने व्यवस्था सरकारले गर्नुपर्यो ।”

क्षतिपुर्ति कसले भर्छ ?
भारतीय ट्रक व्यवसायीले कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल भित्रने  यातायातका साधन नेपालबाट भारत नफर्कदासम्म नेपालमै दुर्घटना भएमा त्यसको जिम्मा कसले लिने ? कि त सरकारले लिनुपर्यो होईन भने समितिलाई दिनुपर्ने माग राख्दै आएका छन् । 
भारतीय व्यवसायी अकबल मुसलवाले भने, हामी चाहान्छौ प्रशासनले सम्पूर्ण जिम्मा लिओस्, हामी नेपाल सरकारलाई कर तिर्न तयार छौं, होइन भने गोरुको जुदाई बाच्छाको मिचाई गर्नु भएन, यहाँ दुर्घटना भए क्षतिपुर्ति कसले भर्छ ?  उनको प्रश्न छ ।

प्रशासनको आदेशपछि हाल समितिले रकम उठाउन छोडेको तर भारतीय सवारीका चालक र सवारीधनीले भने रकम लिन र दुर्घटना भएको खण्डमा क्षतिपुर्ति दिनुपर्ने भन्दै समितिलाई आग्रह गरेका छन् ।

६ वर्ष अघि भारतीय ट्रक व्यवसायी र समितिबीच भएको सम्झौता अनुसार  भारतीय गाडीको ठक्करबाट घाइते तथा मृत्यु भएकालाई क्षतिपुर्ति समितिले व्यहोर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप