महिला हिंसा नियन्त्रण गर्न किशोरीहरूको दुई दिने भेला सम्पन्न

महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ ।
महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए ।
समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधानले बताइन । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुलनाराका साथ यस वर्ष नेपालमा पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइएको थियो ।
सो कार्यक्रमअन्तगर्तत महिला जनचेतना केन्द्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु मध्ये लैङ्गिक समानताको विषयमा सहभागिहरुलाई विषेश प्रशिक्षण दिएको हो । त्यस्तै महिला आन्दोलन, उपलब्धीहरु, आगामी दिनमा आइपर्ने चुनौतिहरुको विषयमा पनि भेलामा विशेष चर्चा भएको थियो ।
उदघाटन सत्रमा प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विशेष प्रशिक्षण दिएकी थिइन । त्यस्तै लेखक तथा अनुसन्धानकर्ता रीता शाह, मानव अधिकारकर्मी कोषराज न्यौपाने, महिला अधिकारकर्मी मंजीता उपाध्यायले सहजीकरण गरेका थिए । उक्त्त कार्यशालाबाट प्रदेशस्तरीय घोषणा पत्र पनि जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रश्न : यो कतै राजनीतिक प्वाँख पलाउन लागेको हो कि ?
-
क्यान महासङ्घको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत
-
संसद्का मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण
-
जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा
-
गाजा युद्धलाई लिएर इजरायलमाथि बढ्दै छ अन्तर्राष्ट्रिय दबाब
-
ओलीलाई लिङ्देनको जवाफ : भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिन्छौँ