मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निःशुल्क स्वास्थ्य घुम्ती शिविरबाट १ हजार बढी लाभान्वित

मङ्गलबार, ०५ पुस २०७९, ०९ : ४०
मङ्गलबार, ०५ पुस २०७९

जुम्लाको हिमा गाउँपालिका -१ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ। शिविर शनिबारदेखि सुरु भई मंगलबार  सकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। 

शाहीका अनुसार शिविरबाट कुल १ हजार ५ सय ६६ जनाले सेवा लिएका छन्। उनीहरु मध्ये ८ सय २८ जनाले आँखाको चेक जाँच,३५ आँखाक‍‍ो सल्यक्रिया,३५ जनाले गाइन‍ो सेवा, ४ सय ५१ जनाले स्तरीयसेवा पाएका छन्। यस्तै ३ सय ६३ जनाले डेण्टल उपचार गरेका छन् । दुर्गम गाउँ वस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले  हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरमार्फत सेवा दिन थालेको अध्यक्ष शाहीको भनाइ छ।

गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। हिमा गाउँपालिकाका स्थानीयवासीले स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतिया विन्दुको शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

पालिकाको बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडासहित आसपासका अन्य गाउँका नागरिकले पनि निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका छन् । गाउँमै स्वास्थ्य शिविर सञ्चालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीय नेत्रबहादुर शाहीले बताए । हिमाका नागरिकको आधारभूत आवश्यकता मध्ये स्वास्थ्य जाँच पनि एक भएको र अब पालिकाले गाउँ केन्द्रित सेवा दिन जनप्रतिनिधि र कर्मचारी लागि पर्ने बताइएको छ ।  स्थानीयवासीको अपेक्षा अनुसार काम गरिने हिमा गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप