अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शनमा (तस्बिरहरु)
मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पेस गरेको अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
मुलुकी फैजदारी संहित–२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस गरेको छ । राष्ट्रपतिबाट सो अध्यादेश जारी भएको छैन । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा प्रकाश सिंह छन् ।
अहिलेको राजनीतिक प्रणालीसँग असहमत राखेर हिंसात्मक क्रियाकलाप संचालन गर्ने समूह हिंसा छाड्न सहमत भएमा सो समूहका कार्यकर्ताबिरुद्धको मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन बाधा नपर्ने गरी सरकारले अध्यादेश अघि बढाएको छ ।
अध्यादेशमा भनिएको छ–‘त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन नेपालका संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकल संचालन गर्ने प्रतिवद्धता जनाएमा सरकारसँग संझौता भएमा जुनसुकै अदालतमा विचारधिन मुद्दा फिर्ता लिन बाधा पर्ने छैन ।’
राष्ट्रपतिबाट अध्यादेश जारी भएमा संघर्षका कार्यक्रम फिर्ता लिने अनेरास्ववियु क्रान्तिकारीका उपत्यका क्षेत्रका इन्चार्ज अटल शर्माले रातोपाटीलाई बताए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण