आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पाल्पामा ट्रकले किचेर एक जनाको मृत्यु

मङ्गलबार, ०५ पुस २०७९, २० : १२
मङ्गलबार, ०५ पुस २०७९

पाल्पाको रिब्दीकोटमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट  गाउँपालिकाकोे वडा नं. ४ मा लु १ ख ९१३४ नम्बरको ट्रकले मोटरसाइकललाई दिँदा एक पुरुषको ज्यान गएको हो । 

पाल्पाको तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको उक्त ट्रकले लु ६८ प २०५ नम्बरको मोटरसाइकलाई किचेको थियो । ट्रकले किचेपछि मोटरसाइकलको पछाडि सवार ३० वर्षीय नरबहादुर गाहाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए । मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा ट्रकले किचेको गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप