कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन गर्न माग गर्दै विद्यार्थी आन्दोलनमा
छाडा चौपाया व्यवस्थापनको माग गर्दै कपिलवस्तुमा विद्यार्थीहरू आन्दोलित भएका छन् । छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार उदासीन बनेको विद्यार्थी आन्दोलित भएका हुन् । कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले छाडा चौपाया व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्ना दिई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । गाई, गोरु लगायतका छाडा चौपाया सडकमा हुँदा विद्यार्थी, सर्वसाधारण समस्यामा परेको र दुर्घटना बढ्दै गएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् । प्रशासन कार्यालय तौलिहवाको मुख्य प्रवेशद्वारमा विद्यार्थीले धर्ना दिएका हुन् ।
छाडा चौपायाले दुर्घटना बढ्दा विद्यार्थी र सर्वसाधारणलाई समस्या परेपछि बाध्य भएर प्रशासनमा धर्ना र ज्ञापनपत्र दिइएको विद्यार्थी अगुवा सुरज खनालले बताए । छाडा चौपाया व्यवस्थापन समयमै गर्न ध्यान नपुर्याइए विद्यार्थी र युवाहरूले थप आन्दोलनका कार्यक्रम गर्ने विद्यार्थी अगुवा चन्द्र शर्माले चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले छाडा चौपायाको व्यवस्थापनका लागि आफुहरु प्रयासरत रहेको बताए । बुद्धभूमि नगरपालिकाको गब्दाहवा र बाणगंगा नदी छेउँको दुई स्थानमा छाडा चौपाया व्यवस्थापन गर्ने योजना अगाडि बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण