बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले आन्दोलन गर्ने
चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरमबद्ध आन्दोलन गर्ने भएको छ । बुधबार भएको चलचित्र हलहरुको भेलाले सो निर्णय गरेको हो ।
भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्ने र बोर्डमा ताला लगाउने समेत निर्णय गरेको चलचित्र संघका बरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थाले बताए । ‘अव हामी हाम्रो मागको विषयमा विकास बोडसँग बार्ता गर्दैनांै’ कायस्थाले भने, ‘हाम्रो भए मन्त्रालय र सरकारसँग सिधै वार्ता हुन्छ, नभए हल बन्द गरेर बस्छांै ।’ भेलाले चलचित्र संघको विरोध गर्ने र संघको विषयमा बोल्नेको समेत फिल्म कालो सूचीमा राखेर रिलिजको लागि सहयोग नगर्ने निर्णय गरेको कायस्थाले जानकारी दिए ।
करिब एकसय बढी हल व्यवसायी उपस्थित उक्त भेलाको विस्तृत निर्णय र आन्दोलको कार्यक्रम संघले बिहिबार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने कायस्थाको भनाई छ । रिलिजको एकसाता अगाडि फिल्म सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डले ल्याएको नियमको विरुद्धमा हल व्यवसायी आन्दोलित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण