मानव अधिकार चलचित्र महोत्सवमा दयाहाङको ‘फोर नाइट्स’ उत्कृष्ट
दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’लाई उत्कृष्ट फिक्सन फिल्म घोषित गर्दै १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सकिएको छ । फिल्मले नेपाल पानारोमा तर्फ अवार्ड हात पारेको हो ।
त्यस्तै डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई फिल्मले अवार्ड सहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् । बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । त्यस्तै अन्तर्राष्ट्रियनन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डसअफ द अर्थ’ उत्कृष्ट ठहरियोे । यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन् ।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा (स्टे«न्थ), टर्किस् फिल्ममेकर सेरहतका रास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्म मेकर सेन्गिजअकेगनका ‘आयसा’ र अमेरिकी फिल्म मेकर किराडेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पायो ।
महोत्सवको १० औं संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरणन्याय’को नारा सहित पुस ३ सुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवका दौरान भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण