बुटवलको कालिकाका विद्यार्थीले बनाए स्मार्ट सोलार
बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीले स्मार्ट सोलार यन्त्र बनाएका छन् । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घामले छेकिँदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् ।
यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउँछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तीले बताए ।
विज्ञानका विद्यार्थीहरु सन्दिप वस्ती, सफल अर्याल, विपिन रिमाल, करुणा भुसाल र अनुज पोख्रेलको समूहले यो यन्त्र बनाएको हो । घरायसी प्रयोगको लागि यो यन्त्र सोलार सिस्टम बाहेक थप दस हजार रुपैयाँमा तयार गर्न सकिने उनीहरुको भनाई छ । कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा स्मार्ट सोलार सिस्टम प्रदर्शन गरिएको थियो । यस प्रदर्शनीमा विद्यार्थीहरूले आफूले बनाएका सयभन्दा बढी सामग्रीहरू प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण