चार्ल्स शोभराज थुनामुक्त
शुक्रबार, ०८ पुस २०७९, १३ : ३९
‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले रातोपाटीलाई बताए । सर्वोच्च अदालतको आदेशअनुसार उनलाई डिपोर्ट गर्ने सरकारको तयारी छ ।
शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका हुन् ।
पुस ६ मा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई कैद घटाएर रिहा गर्न आदेश गरेका थिए । शोभराजलाई बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण