१० दिन नेपाल बसेर फर्किए बलिउड अभिनेता ओबरोय
शनिबार, ०९ पुस २०७९, २० : २३
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।
गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिए ।
व्यवसायी यादवले आवरोयको नेपाल भ्रमणले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने आफूले विश्वास लिएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण