शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ नामक साङ्गीतिक कार्यक्रम सम्पन्न

आइतबार, १० पुस २०७९, ११ : ५८
आइतबार, १० पुस २०७९

‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ नामक साङ्गीतिक कार्यक्रम आयोजना भएको छ । पोखरा, बराहिघाटमा आयोजित कार्यक्रममा चर्चित गायक गायिका कुन्ती मोक्तान, भिषण मुकारुङ, निसा देसार, दुर्गा परियार, सञ्जय तुम्रोक, साजन राई, रुपक चौधरीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

नेपाली आधुनिक संगीतको ईतिहासबारे जानकारी समेत आदान प्रदान गरिएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राई, कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति सुर्य खड्का लगायतको समेत सभागीता थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना रहरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्राज्ञ हरिदेवि कोइराला, प्रजापति पराजुली, सरला पण्डे, कृष्णप्रसाद पौडेल, डिलकुमारी पौडेल, जयकुमार परियार, गज बहादुर गुरुङ, हेमराज सुवेदी लगायतको समेत उपस्थिती रहेको कार्यक्रममा तरेलि सांस्कृतिक परिवारले चलचित्र माइतीघरको ‘वसन्त नै बस्न खोज्छ’ र चलचित्र प्रेमपिण्डको ‘गैरी खेतीको शिरै हान्यौं’ बोलको गीतमा नृत्य देखाएका थिए । 

कार्यक्रममा कुलपति श्रेष्ठले ‘नेपाली आधुनिक संगीतमा १०० बर्ष’ नामक कार्यक्रम ऐतिहासिक कार्यक्रम भएको बताए । कार्यक्रममाले नयाँ पुस्तालाई नेपाली संगीतको ऐतिहासिक पृष्ठभूमि यस कालखण्डमा कस्ता कस्ता गीत सृजना भए को को गायक संगीतकार जन्मिए भन्ने जानकारी गराएको उनको धारणा छ । 

कार्यक्रममा शिला बहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुढाथोकी, गोपाल देव घतानी, धन बहादुर गुरुङ, नरेश प्रजापति, पोषण घर्ती लगायतले सांगीतिक कार्यक्रममा बाध्य वादन सम्हालेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप