सरकारमा गएर काम गर्न नसके सजाय दिनुहोला : पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेले लामो बहसपछि आफ्नो पार्टी सरकारमा जाने निर्णय गरेको बताएका छन् । सरकारमा सहभागी हुने निर्णयको चौतर्फी आलोचना भएपछि पाण्डेले पार्टीले आन्तरिक रुपमा मतदान गरेरै सरकारमा जाने निर्णय गरेको स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘अव्यवस्थित गठबन्धनमा सामेल हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयमा निराश भएका सबै जनताको लागि यो बहस र मतदानबाट भएको निर्णय थियो। दुवै गठबन्धन अस्तव्यस्त हुने नै थिए । प्रतिपक्षमा बस्दा हाम्रो इज्जत सुरक्षित हुन्थ्यो, तर सरकारमा जाँदा राम्रो काम गरेर देखाउने हामीलाई चुनौती छ ।’
पाण्डेले आफूहरू सरकारमा गएर काम गर्न नसके वा भ्रष्टाचार वा न्याय दबाउने काममा संलग्न भएको पाएमा अर्को निर्वाचनबाट दण्डित गर्न समेत आग्रह गरेका छन् । आफूलाई वैकल्पिक भन्ने पार्टीले पुराना भनिएका पार्टीसँग मिसिएर सरकार बनाएको भन्दै आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण