कार्यकर्तालाई महामन्त्री शर्माले भने – ‘डन्ट वरी’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धन बनाएपछि उत्पन्न राजनीति परिस्थितपछि आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न जवाफ दिएको बताए ।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, 'देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– डन्ट वरी '
कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आलोचना र आत्मालोचना गरिने बताए । 'भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ,' उनले अगाडि लेखेका छन्,'नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण