लिभरपुलको सहज जित
मङ्गलबार, १२ पुस २०७९, ०८ : ०७
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो ।
लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता बनाए । ५९ औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् ।
जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंकसहित १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण