सरकारसँग वार्तासँगै उद्योगीको आन्दोलन स्थगित
बुधबार, १३ पुस २०७९, १४ : ३९
उद्योगी व्यवसायीको जारी आन्दोलन स्थगित भएको छ । ब्याजदार वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । आज अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।
उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यसायी सहभागी थिए ।
यस्तै बैठकमा गभर्नर र अर्थ मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको माग सम्बोधन गर्न केही दिनको समय मागेका थिए । त्यसक्रममा आफूले सम्पूर्ण माग सम्बोधन गर्ने भनेसँगै आन्दोलन स्थगित गरेको उद्योगी बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण