शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँग वार्तासँगै उद्योगीको आन्दोलन स्थगित

बुधबार, १३ पुस २०७९, १४ : ३९
बुधबार, १३ पुस २०७९

उद्योगी व्यवसायीको जारी आन्दोलन स्थगित भएको छ । ब्याजदार वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । आज अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।

उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यसायी सहभागी थिए ।

यस्तै बैठकमा  गभर्नर र अर्थ मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको माग सम्बोधन गर्न केही दिनको समय मागेका थिए । त्यसक्रममा आफूले सम्पूर्ण माग सम्बोधन गर्ने भनेसँगै आन्दोलन स्थगित गरेको उद्योगी बताउँछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप