बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्र प्रवेश

बिहीबार, १४ पुस २०७९, ०९ : १९
बिहीबार, १४ पुस २०७९

मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट  निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् । 

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।

माओवादीबाट बागी उम्मेदवारी दिई विजयी भएका प्रदेश सांसद दिपेन्द्र पुन, सरुल पुन मगर, खड्ग बस्नेत भने स्वतन्त्र सासदकै हैसियतमै छ्न् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप