सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?
शुक्रबार, १५ पुस २०७९, १० : ४८
साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो साता मूल्यमा भएको उतारचढावका बीच शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने मूल्य बढेर तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी आज तेजावी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण