एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी
शुक्रबार, १५ पुस २०७९, १५ : ५४
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पुनः निर्वाचित प्रदेशसभा सदस्य सोडारीलाई दलको नेता चयन गरिएको हो ।
शुक्रबार पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए ।
त्यस्तै, बैठकले दलको उपनेतामा कञ्चनपुरबाट निर्वाचित प्रकाश रावललाई चयनको गरेको छ, भने बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक चयन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण