बेलायतमा चिनिया यात्रुलाई कडाइ, प्रस्थानको दुई दिनअघि गरिएको पीडीटी देखाउनुपर्ने

बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिन अघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी) देखाउनु पर्नेछ ।
यद्यपि चीनबाट स्कटल्याण्ड, वेल्स वा उत्तरी आयरल्याण्डको लागि कुनै सीधा उडानहरू छैनन्, तर सरकारले यसलाई जतिसक्दो चाँडो बेलायतव्यापी रूपमा लागू गरिएको सुनिश्चित गर्नका लागि विकसित क्षेत्रहरूसँग काम गरिरहेको बताएको छ ।
'अर्को हप्ता चीनले सिमाना पुनः खोल्ने तयारी गर्दा चीनमा कोभिड १९ मामिलाहरू बढिरहेकाले हामीले तथ्यांकको मूल्याङ्कन गर्दा यी अस्थायी उपायहरूको घोषणा गरेर सन्तुलित र सावधानी अपनाउनुपर्ने हाम्रो लागि उचित छ', बेलायतका स्वास्थ्यमन्त्री सचिव स्टीभ बार्कलेले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन