अघोषित नाकाबन्दीबिरुद्ध जापानमा दूतावासमार्फत ज्ञापन
बिहीबार, १४ असोज २०७२, १८ : १४
जापान-नेपालमा संविधान निर्माणपछि दक्षिणी सिमानामा उत्पन्न गतिरोध तथा अघोषित नाकाबन्दी तत्काल निशर्त हटाउन माग गर्दै जापानस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । नाकावन्दीको विरोध गर्दै जापानवासी नेपालीहरुले विहिवार विहानटोकियोस्थित भारतीय दूतावासअगाडी विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जापानमा रहेका ५० भन्दा बढि संस्थाहरुको नेतृत्व गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका उपाध्यक्ष समेत रहेका प्रतिष्ठित ब्यबसाई भवन भट्टको संयोजनमा जापानवासीनेपालीहरुको बृहत टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो । टोकियो कुदानसितास्थित दूतावास कार्यालयमा नेपाली भण्डा तथा ढाका टोपीमा सजिएका नेपालीहरुको टोलीले जापानका लागि भारतीय राजदूत दीपा गोपालन बाधवा मार्फत विरोधपत्र बुझाईएको छ ।
भारतीय राजदुताबास अगाडी सयौंको संख्यामा नेपाली उपस्थित थिए। कार्यक्रममा बोल्दै भबन भट्टले दक्षिण एसियामा क्षेत्रिय शान्ति तथा पारस्परिक सदभाव र सहयोगका निमित्त मित्र राष्ट्र भारतको महत्वपुर्ण भुमिका अपेक्षित रहेको बताउदै आफ्नो मुलुकप्रति सद्भाव राखेरकार्यक्रमसम्म आउने सबैलाई धन्यवाद दिनुभयो । भट्टले आपूmहरुले शान्तिपुर्ण रुपमा ज्ञापन पत्र मात्र बुझाएको र आवश्यक परेको खण्डमा धर्ना, आन्दोलनसम्म गरिने जानकारी भारतिय दुतावासलाई दिइएको बताउनुभयो । उहाँले जापानबाट सुरु भएको यो अभियानलाई संसारभररहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमार्फत अघि बढाउनुपर्ने बताउनुभयो ।
एउटा छिमेकीले अर्को छिमेकीलाई समस्या पर्ने काम तत्काल बन्द गर्न समेत आग्रह गरिएको छ । सार्वभौमिक सामानताका आधारमा बिश्वका प्रत्येक राष्ट्रहरु सामान रुपमा स्वतन्त्र रहेको तथा भूपरिबेष्ठित राष्ट्रका आफ्नै बिशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मानगर्नुपर्ने ज्ञापन पत्रमा स्मरण गराइएको छ । झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रबासि नेपाली संगठन, नेपाल जनप्रगतिशिल जनमोर्चा, नेपाल जनजाती महासंघ, नेपालपत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढि संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रको बोधार्थ जापानका प्रधानमन्त्री, जापानस्थित संयुक्त राष्ट्रसंघको कार्यालय, सार्कराष्ट्रका सबै दूताबासहरु लगायतमा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण