शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

विप्लव माओवादीले भन्यो, ‘भण्टावारी घटनाको जिम्मा भारतले लिई माफी माग्नपर्छ’

बिहीबार, १० मङ्सिर २०७२, १० : ४८
बिहीबार, १० मङ्सिर २०७२
काठमाडौं– विप्लव माओवादीले भण्टाबारी घटनाको जिम्मा भारतले लिई सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ । विप्लवले आज एक विज्ञप्ति जारी गर्दै भने, ‘भारतीय शासकहरुले गरेको यो गोलीकाण्डको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । यो घटनाको जिम्मा लिएर आत्मालोचित हुँदै क्षमा माग्नुको सट्टा दिउँसै रात पार्ने गरी भारतीय राजदूतले तस्करमाथि गोली चलाएको भन्ने वक्तव्यले स्वाभिमानी नेपालीलाई आक्रोसित तुल्याएको छ ।’ सुनसरी जिल्लाको भारतीय सीमासँग जोडिएको हरिपुर गाविस–७ मा भारतीय सीमा सुरक्षा बल –एसएसबी) को गोलीबाट घाइते भएका चार जना नेपालीकोे १०० मिटर नेपालको सीमाभित्र पसि अन्धाभुन्ध गोली चलाएर चार जना नेपाली जनता घाइते बनाएकोप्रति नेपाल कम्युनिष्ट पार्टी माओवादीले ध्यानकर्षण गराएको छ । बुधबार बिहान ६ बजेतिर भारतीय सुरक्षा बलको गोलीबाट भुर तापिरहेको चार जना नेपालीलाई गोली लागेको हो । प्रेस वक्तव्य पठ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप