एवटै वडामा एकै पार्टीका तीन महिला सांसद
कपिलवस्तु - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् ।
उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्य चयन गरेकोे हो । तीनैजनाको घर कपिलवस्तु नगरपालिकाकै वडा नम्बर–१ मा पर्दछ । प्रदेशसभा सदस्य रिना नेपाल विक, शान्तिदेवी वर्मा सोनार र रुन्धावती दुवे शर्मा वडा नं १ कै वासिन्दा हुन् ।
जसमध्ये दुईजना कपिलवस्तु नगरपालिका–१ हाटबजारका हुन भने एकजना कालीमाई मन्दिर चोककी हुन् । उनिहरु मध्ये रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट चुनिएका हुन् ।
समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरिसकेकी ४० वर्षीया रिनाले जिल्लामा विभिन्न संघ–संस्थामा आवद्ध रहेर काम गर्दै आएकी छन् । उनले प्रदेश सांसद बन्नुपूर्व पनि पछाडि पारिएका समुदायका लागि काम गरेकाले अब अझै बढी सक्रिय हुने प्रतिवद्धता जनाएकी छन् ।
त्यस्तै शान्तिदेवी र रुन्धावतीले अशिक्षित र पिछडिएको महिलाको हक हितका लागि काम गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण