मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
आइतबार, २० मङ्सिर २०७२, १२ : ४३
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले अछाम जिल्लाको साँफेबगरमा आफ्नो २९ औँ शाखा विस्तार गरेको छ ।
दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको हो । साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सक्षम परियोजनासँगको आर्थिक तथा प्राविधिक साझेदारीमा ग्रामीण क्षेत्रमा बैंकहरुको विस्तार भइरहँदा दुर्गम क्षेत्रमा बैंकिङ सुविधा पु¥याउने राष्ट्र बैंकको प्रतिबद्धता पूरा भइरहेको बताए ।
सक्षम एक्सिस टू फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहराले मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । साँफेबगर क्षेत्रमा बैंकिङ सुविधा विस्तार गर्न यो समझदारीले मद्दत मिल्ने उनको विश्वास छ ।
मेगा बैंकका डेपुटी सिइओ श्रीचन्द्र भट्टले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुसार सक्षम परियोजनासँगको साझेदारीमा मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गर्न लागेको जानकारी दिए ।
सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण