चौधरी फाउण्डेसनद्वारा नुवाकोटमा तीन क्षतिग्रस्त विद्यालय पुनर्निर्माण
आइतबार, २० मङ्सिर २०७२, १२ : ५५
काठमाडौं–चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको ग्रामीण क्षेत्रका तीन विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका नुवाकोट मदानपुर–८ क्यौरिनीस्थित श्री नवजीवन माध्यमिक विद्यालय, बेलकोट–५ तल्लो तिगाउँस्थित श्री पञ्चकन्या उच्च माध्यमिक विद्यालय, र खानीगाउँ–३ बर्राफेदीस्थित श्री नारायणदेवी उच्च माध्यमिक विद्यालयका तीन विद्यालय भवनहरु चौधरी फाउण्डेसनले निर्माण गरेको हो ।
भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरुको पुनर्निर्माण गर्ने चौधरी फाउण्डेसनको प्रतिवद्धता अनुसार उक्त विद्यालयहरुको पुनर्निर्माण गरिएको हो । हालसम्म २१ विद्यालय भवन पूनर्निर्माण कार्य सम्पन्न भईसकेको छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरुको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ ।
चौधरी फाउण्डेसनले श्री नवजीवन माध्यमिक विद्यालय मदानपुर–८ क्यौरिनीको प्राङ्गडमा आयोजित एक समारोहकावीच पुनर्निर्मित विद्यालय भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरुलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा भारतको बहुराष्ट्रिय कम्पनी सपुरजी पलुनजीको तर्फबाट विभावासु कुमारले मन्तव्य राख्दै भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरेकोमा चौधरी फाउण्डेसनलाई धन्यवाद व्यक्त गरे । कुमारले चौधरी फाउण्डेसनका तर्फबाट सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरुलाई पुनर्निमित विद्यालय भवनहरु हस्तान्तरण गरे । उक्त समारोहमा व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरु, तथा स्थानीय अभिभावक र विद्यार्थीहरुको उपस्थिति थियो ।
‘सिजी शिक्षालय’ का अतिरिक्त ‘सिजी आश्रय’ परियोजनाअन्तर्गत चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरी हस्तान्तरण गर्ने क्रम जारी रहेको छ । नाकाबन्दीबाट उत्पन्न प्रतिकूल परिस्थितिमा पनि भूकम्पप्रभावितको सहयोगका लागि फाउण्डेसनका तर्फबाट निर्माण कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण