बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान, प्रविधि तथा वातावरणमन्त्री पेरिसमा

आइतबार, २० मङ्सिर २०७२, १३ : ३१
आइतबार, २० मङ्सिर २०७२
काठमाडौँ– फ्रान्सको पेरिसमा मङ्सिर १४ देखि २५ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २१औँ सम्मेलन र क्योटो प्रोटोकलको ११औँ सम्मेलनमा भाग लिन विज्ञान, प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार सम्मेलनस्थलमा पुगे । उनले विषयवस्तुमा भइरहेको प्रगति लगायत नेपालले खेलेको भूमिका बारेमा जानकारी लिए । उक्त अवसरमा मन्त्रालयका सचिव एवम् टोली उपनेता डा कृष्णचन्द्र पौडेलले सम्मेलनमा वार्ताको विद्यमान अवस्था लगायत मन्त्री पासवानको नेतृत्वमा हुने प्रस्तावित कर्याक्रमका बारेमा जानकारी गराए । सो अवसरमा मन्त्री पासवानले वार्ताको बाँकी अवधिमा नेपालले प्रभावकारी एवम् रणनीतिक भूमिका निर्वाह गर्नका लागि यहाँ भाग लिइरहेका प्रतिनिधिमण्डलका सदस्यलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप