बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा घेरा दिई हजारभन्दा बढी सवारी साधन गन्तव्यमा

आइतबार, २० मङ्सिर २०७२, १३ : ३४
आइतबार, २० मङ्सिर २०७२
सप्तरी– आज बिहान सप्तरी प्रहरीले सुरक्षा घेरा दिई एक हजारभन्दा बढी सवारी साधनलाई गन्तव्यमा पु¥याएको छ । सिरहाको लहानमा रोकिराखिएको साना तथा ठूला एक हजार तीन सय सवारी साधनलाई गन्तव्यसम्ममा पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । यसैबीच बन्दको अवज्ञा गरेर माइक्रोबस चलाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले सप्तरीको रुपनीमा शनिबार साँझ त्यसलाई तोडफोड गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप