सर्वाधिक रासीको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २ बाट
आइतबार, २० मङ्सिर २०७२, १६ : १५
काठमाडौ – गंगटा युथ क्लबको आयोजनामा आगामी पुस २ गतेदेखि ४ गतेसम्म नेपालकै सर्वाधिक पुरस्कार रासीका तेस्रो खुल्ला नेशनल च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो । राजधानीको अन्नपूर्ण ब्याडमिन्टन एकेडेमि धापासी हाईटमा सञ्चालन हुने प्रतियोगितामा पुरुष जोडी, पुरुष एकल, भेट्रान डबल, मिक्स डबल र १४ वर्ष मुनिको उमेर समूहमा पुरुष एकल गरी पाँच बिधामा खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने छ ।
प्रतियोगिताको पुरुष जोडीमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ५–५ हजार, पुरुष एकलमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले ५–५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन । त्यसैगरी भेट्रान डबलमा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, मिक्स डबल तर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, र १४ वर्ष मुनि उमेर समूहको पुरुष एकलमा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले २–२ हजार रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा सहभागि हुन पुरुष जोडी तर्फ ३ हजार, पुरुष एकल तफ १५ सर्य , भेट्रान डबलतर्फ २ हजार, मिक्स डबलतर्फ २ हजार र १४ वर्ष मुनिको उमेर समूहमा प्रवेश निशुल्क तोकिएको छ ।
पत्रकार सम्मेलनमा सल्लाहकार जीवन मल्लले यूवाहरुलाई दुब्र्यशन नलागी खेलजीवनबाट स्वास्थ हुन प्रेरित गर्ने उद्देश्यले आफूहरुले प्रतियोगिताको आयोजना गर्ने गरेको बताए । सल्लाहकार चित्रबहादुर केसीले यूवाहरुलाई कुलतबाट मुक्त गर्न आफूहरुले खेलमार्फत अभियान चालेको भन्दै प्रतियोगिताबाट संकलित रकम म्याग्दी जिल्लाका भुकम्प र पहिरो पीडितहरुलाई सहयोग गर्ने बताए । उनले क्लबका सदस्यहरुले आफ्नो कमाईबाट निश्चित प्रतिसत गरेको सहयोगले यस पटक क्लबले भुकम्प पीडितहरुलाई ठूलो सहयोग गरेको भन्दै भावी दिनमा समेत यस्तो समाजसेवाको कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रम संयोजक वीरबहादुर थापाले राजधानीमा मात्रै आयोजना हुने गरेको प्रतियोगितालाई देशब्यापी बनाउन आगामि बर्षबाट पाँच वटै विकास क्षेत्रमा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण