बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बेलहिया नाकामा धर्ना दिन आएका मधेसी मोर्चाका ६ नेता पक्राउ

आइतबार, २० मङ्सिर २०७२, १७ : ०२
आइतबार, २० मङ्सिर २०७२
भैरहवा– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका रुपन्देही जिल्ला नेतृत्वलाई प्रहरीले पक्राउ गरेको छ । संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा, सद्भावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तराई मधेश सद्भावना पार्टीका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव पक्राउ परेका हुन् । नेपाल–भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । जिल्ला नेताहरुको साथबाट कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका डिएसपी कार्कीले बताए । यता आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा धकधई, बनगाई लगायत विभिन्न स्थानमा मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन । पक्राउ गरिएका नेताहरुलाई तत्काल रिहा गरि प्रशासनले माफी माग्नुपर्ने उनीहरुको माग रहेको छ ।पक्राउ गरिएका ६ जना नेताहरु प्रहरी हिरासतमै रहेका छन । मोर्चाका नेताहरु पक्राउ परेपनि बेलहियाक नाका सामान्य रहेको छ । यद्दपी नाका हुँदै भित्रिने मालबाहक गाडीहरु अन्य दिनको तुलनामा कम मात्रामा भित्रिएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप