युवा उद्यमी सुशिलले पाए एशियाकै प्रतिष्ठित अनेस्टी अवार्ड
सोमबार, २१ मङ्सिर २०७२, १६ : २९
काठमाडौं– युवा उद्यमी सुशिल पोखरेलले यस वर्षको एशिया अनेस्टी अवार्ड जितेका छन् । उनी सुस्मित इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । सुशिललाई मलेसियाको क्वालालम्पुरमा आयोजित विशेष कार्यक्रमबीच एशिया एक्सिलेन्स इन्टरप्रेनियर फेडेरेशनले यो अवार्ड प्रदान गरेको हो । यो अवार्ड उद्यम क्षेत्रमा विशेष योगदान गर्ने सफलतम व्यक्तिहरुलाई प्रदान गरिदैँ आएको छ । विशेषगरी उपभोक्ता, कर्मचारी तथा कम्पनीका शेयर होल्डरहरुलाई ध्यानमा राखेर इमानदारीपूर्वक काम गर्ने उद्यमीहरुलाई यस्तो अवार्ड प्रदान गरिदैँ आएको छ ।
एशिया क्षेत्रका सयौँ व्यवसायिहरुलाई उद्योग क्षेत्रमा लाग्नका लागि उत्प्रेरित गरेको भन्दै पोखरेललाई यो अवार्ड प्रदान गरिएको हो । नेपालमा युवाहरुलाई उद्योग व्यवसायमा आर्कषित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । युवा उद्यमीहरुलाई उनीहरुले समाजमा उद्योगमार्फत गरेको योगदानको कदर गर्न यो अवार्ड स्थापना गरिएको बताइएको छ ।
अवार्ड थापेपछि समारोहमा सम्बोधन गर्दै पोखरेलले भनेका छन्, ‘मैले केही हजार रुपैयाँ बोकेर आफ्नो व्यवसाय सुरु गर्दा यो स्थानसम्म आइपुग्ने कल्पना गरेको थिइँन । म सबैलाई के भन्न चाहन्छु भने व्यवसायमा लाग्नका लागि सम्भ्रान्त परिवारकै हुनुपर्छ भन्ने छैन् ।’ तपाईहरु सानो व्यवसाय पनि सिर्जनशिल भएर इमानदारीपूर्वक सुरु गर्न सक्नुहुन्छ । पोखरेल अहिले पर्यटन, हाइडोपावर, ब्रोडकास्ट सोलुशन, आईसिटीलगायतका विभिन्न व्यवसायमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण