रातोपाटी समाचार प्रभाब- मानसिक सन्तुलन गुमाएकी अनीशा बिकको पहिचान खुल्यो, छिट्टै नेपाल फर्कने
बुधबार, २३ मङ्सिर २०७२, १८ : ५३
कुवेत-बिष सेवन गरी करिब डेढ बर्षदेखि कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा अस्पतालमा उपचार गराईरहेकी अनीशा बिकको पहिचान खुलेको छ ।
रातोपाटीमा अनीशा बिक बारेमा समाचार आएपछि भारतीय बाटो हुदै करीब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला सिन्धुपाल्चोक जिल्ला मार्मिंङ गाबिस ५ की भएकी पत्ता लागेको छ भने उनका परिवार सम्पर्कमा आएका छन ।
३ बर्षदेखि परिवारमा सम्पर्क बिहीन बनेकी २५ बर्षीय अनीशा बिकका परिवारले उनको खोजीलाई तीब्र बनाएका छन | काठमांडू स्थित नारायणथान बस्ने बहिनी सर्मिला बिकले आवश्यक प्रक्रिया पूरा गरी यथासक्य छिटो नेपाल पठाउन पहल गरिदिन दलित एकता संजाल नेपाल, कुवेतलाई अनुरोध गरेकी छिन ।
सहकर्मीको मानसिक तथा शारीरिक यातना सहन नसकि बिष सेवन गरेकी अनीशालाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको भएपनी अस्पतालमा उनका आफन्त कोही नआएकाले पहिचान खुल्न सकेको थिएन।
सर्किनी बिक (आमा) र टाउके कामी (बाबू)की छोरी अनीशालाई कसले कुवेत पठायो भन्ने पत्ता लाग्न सकेको छैन स्पोन्सर साउदी नागरिक भएको थाहा भएको छ मानसिक सन्तुलन पुरै गुमेकाले कसरी सहज रुपमा नेपाल पुर्याउन सकिन्छ भन्ने नेपाली दुताबास कुवेतसग सहकार्य गरी वातावरण मिलाउने एनआरएनए कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाड़े (रवी बन्जाडे) ले बताएका छन ।
डेढ बर्षदेखि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी छिन | उनको सम्पूर्ण बिबरण दलित एकता संजाल नेपाल, कुवेतलाई प्राप्त भएको छ भने आवश्यक प्रक्रिया पूरा गरी छिटो भन्दा छिटो उनलाई नेपाल फर्काउन पहल गर्ने संजालले प्रतिबद्दता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण