बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अफगानिस्तानको विमानस्थललक्षित भिडन्तमा मृत्य हुनेको संख्या ३७ पुग्यो

बुधबार, २३ मङ्सिर २०७२, १९ : १३
बुधबार, २३ मङ्सिर २०७२

 

कान्दाहार (अफगानिस्तान), - अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको बुधबार प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

घटनामा १८ जना अन्य नागरिक घाइते भएको जनाइएको छ । सो इलाकामा मङ्गलबार रातभरी दोहोरो गोली हानाहान भएको अधिकारीहरुले जनाएका छन् । तर सैनिकतर्फ कति क्षति भयो भन्ने बारे थाहा नभएको बताइएको छ । कान्दाहार प्रान्तका सैनिक कमाण्डर दउद साह वफादारले यस आक्रमणमा ३७ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अकस्मात तालिवानी लडाकुले विमानस्थल परिसरमा धावा वोल्न थालेपछि यहाँको सेनाले जवाफी कारबाही चलाएको सुरक्षा स्रोतले जनाएको छ । बुधबार विहान भएको यस आक्रमणमा कैयौको सङ्ख्याका आतङ्ककारी मारिएको सरकारी दावी रहेको छ । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ । अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप