हामी बीचको एकता हुन जरुरी छ : महासचिव पोखरेल
बिहीबार, २४ मङ्सिर २०७२, १० : ४२
डडेल्धुरा– नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी भएको बताएका छन् ।
बझाङ र बैतडी जिल्लाका कमिटी भेलाका लागि जाने क्रममा डडेल्धुरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा महासचिव पोखे्रलले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी भएको बताए ।
हामीले संविधान जारी गरेका हौं तर कसैको केही बिगार गरेका होइनौँ भन्दै पोख्रेलले हामीले सविधान जारी गर्दा नाकाबन्दी गरेर नेपालीलाई दण्डित गर्ने काम गरेको आरोप लगाए ।
भारतको चाहनाअनुसार संविधान जारी नभएका कारणले उसले नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाउँदै महासचिव पोख्रेलले भने, “हामीले आफ्नो स्वाभिमानका लागि संविधान जारी गर्दा अरूले टाउको दुखाउनुपर्ने र दुःख दिनुपर्ने कुनै कारण छैन ।”
राष्ट्रिय एकता हुन जरुरी रहेको बताउँदै महासचिवले हामी बीचको एकता, राष्ट्रियता स्वाभिमान र सर्वपक्षीय समीकरण गरेर सबैले एकजुट भएर आगाडि जानुपर्नेमा जोड दिए । नाकामा सहजता ल्याउन छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्ने महासचिव पोख्रेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण